|

संखुवासभा : संखुवासभामा भारतबाट आएका दुई जनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। छिमेकी जिल्ला भोजपुरको षडानन्द नगरपालिका ६ जना र धनकुटाका ३ जना पनि उनीहरुसँगै आएका थिए। 

संखुवासभाका संक्रमित देखिएपछि धनकुटा र भोजपुरलाई पनि जानकारी गराइसकेको खाँदबारी नगरपालिका मेयर मुरारीप्रसाद खतिवडाले जानकारी दिए।उनीहरुलाई जेठ १३ गते खाँदबारी नगरपालिकाको पहलमा रुपन्देही जिल्लाको सुनौली नाकाबाट उद्धार गरिएको नगरप्रमुख खतिवडाले बताए। 

उनीहरु खाँदबारी नगरपालिका–९ तुम्लिङटार क्वारेन्टाइनमा बसेका थिए। कोसी अस्पताल विराटनगरमा स्वाब परीक्षण गर्दा दुवैमा कोरोना देखिएको हो।संक्रमितहरु खाँदबारी नगरपालिका ७ का २३ वर्षीय र पाँचखपन नगरपालिका १ का २२ वर्षीय पुरुष छन्। 

खाँदबारी ९ तुम्लिङटारका क्वारेन्टाइनमा राखिएका ७ मध्ये दुई जना पुरुषमा कोरोना पुष्टि भएको हो। दुवै जनालाई एम्बुलेन्समार्फत कोरोना अस्पताल आइसोलेसनमा लाने तयारी भइरहे पनि एम्बुलेन्सले आनाकानी गरिहेका छन्। 

जिल्लामा तीन वटा एम्बुलेन्स कोरोना संक्रमित बोक्न तयारी गरिएको खाँदबारी अस्पतालका अध्यक्ष सुमन शाक्यले बताए। तर अहिले कोरोना संक्रमित बिरामी फेला परिपछि एम्बुलेन्स चालक त्रसित भएका छन्। 

सुनौली नाकाबाट उद्धार गरिएका ७ जनाको स्वाब परीक्षणका लागि बुधबार विराटनगर पठाइएको थियो। जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएपछि तुम्लिङटारमा उच्च सतर्कता उपनाइएको छ। उनीहरुसँगै आएका भोजपुर षडानन्दका ६ जना र धनकुटाका ३ जनालाई अरुण गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ। 

उनीहरुको स्वाब परीक्षणका लागि पठाइए पनि रिपोर्ट आउन बाँकी छ। १६ जनालाई सार्वजनिक बसमार्फत उद्धार गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.