७ सय बढीको स्वाब संकलन बाँकी

|

कपिलवस्तु : जिल्लाकाे यशोधरा गाँउपालिका कोरोना संक्रमितको संख्या सय पुगेको छ। शनिबार २८ जना संक्रमित थपिएपछि देशको दोस्रो संक्रमण भएको स्थानीय तह बनेको छ। 

सो पालिकामा २ वर्षकी एक बालिका र एक महिला संक्रमित भएका छन् । संक्रमित महिलाका ७ महिनाका बालकसमेत संक्रमित रहेका छन्। तीबाहेक संक्रमित सबै पुरुष रहेका छन्।

यता क्वारेण्टाइनमा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएका मध्ये ४ सय ६२ को नतिजा अहिलेसम्म आएको छैन। यसैगरी क्वारेन्टाइनमा बसेका तर स्वाब संकलन नभएका ७ सय बढी रहेका स्वास्थ्य शाखा प्रमुख ज्योति दुबेले जानकारी दिए। यशोधरा त्यही पलिका हो जहाँ अहिलेसम्म मापदण्ड अनुसारको एउटा पनि आइशोलेसन बेड छैन । 

गाउँपालिकाका अध्यक्ष गिरजेशकुमार पाण्डेका अनुसार बनाउने ठाउ नभएको र पालिकाले खर्च गर्ने स्रोत नभएकाले समयमै आइसोलेसन नबनेको हो। तर एकाएक संक्रमित बढेपछि स्थानीय बैदौली माविलाई नै आइसोलेसनका रुपमा राख्ने गरी बेड व्यवस्था गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख दुबेले जानकारी दिए। पहिले क्वारेण्टाइन रहेको विद्यालय नै अहिले आइसोलेसन बनाइन लागिएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.