कर्णालीमा संक्रमितको संख्या १०५ पुग्यो
कर्णालीमा संक्रमितको संख्या १०५ पुग्यो
सल्यान : कर्णाली प्रदेश कोरोना भाइरसको नयाँ इपि सेन्टर बनेको छ। शनिबार रातिसम्म कर्णालीमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ। त्यहाँ भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना पुष्टि भएको हो।
कर्णाली सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य शिक्षा महाशाखाले दिएको जानकारी अनुसार कर्णालीका शनिबार रातिसम्म संक्रमितको संख्या १०५ पुगेको हो।
महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार पछिल्लो पटक पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ।
उक्त केन्द्रमा गरिएको परीक्षणमा सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका मात्रै २५ जना नयाँ संक्रमित पुष्टि भएका छन्। कँडेलका अनुसार बनगाड कुपिन्डे नगरपालिका-१,२, ३, ४, ६ र ७ नम्बर वडाका २५ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमित हुनेमा बनगाड कुपिण्डे नगरपालिका-१ का १९, २०, ४० ६० वर्षीय पुरुष, वडा नं. २ का १९ वर्षीय पुरुष, वडा नं. ३ का १७, २७, २७, ३८, वडा नं. ४ का १८, ३३, ४४ वर्षीय पुरुष छन्।
यस्तै वडा नं. ६ का ११, १६, १८, १९, २०, २१, २१, २१, २५, २८, ३० र ३६ वर्षिय पुरुष तथा वडा नं. ७ का ३८ वर्षीय पुरुष रहेका छन्। संक्रमित सबै क्वारेनटाइनमा बस्दै आइरहेका छन्। योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय ५ पुगेको छ।
सुर्खेतमै गरिएको परीक्षणमा सुर्खेतको बराहताल गाउँपालिका-९ का एकजनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएका सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु हुन्।
यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा १९ जना नयाँ संक्रमित थपिएका थिए । शनिबार साँझ ६ बजेको अपडेट अनुसार १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
शनिबारै दैलेखको दुल्लु नगरपालिकान-११ का ४० वर्षीय एक पुरुषको मृत्यु भएको थियो। गम्भीर बिरामी परेका उनको उपचार अभावमा क्वारेन्टाइनमै ज्यान गएको थियो।
कालिकोटमा १७ जना थपिए
शनिबार साँझ थपिएका १९ जनामध्ये शुभगाउँपालिका-५ कालिकोटका १९ वर्षीय पुरुष, त्यही ठाउँका ५० वर्षीय पुरुष, २६ वर्षीय पुरुष शुभकालिका गाउँपालिका-४ का २० वर्षीय पुरुष, २२ वर्षीय पुरुष, महाबै गाउँपालिका-२ का ४२ वर्षीय पुरुष, महाबै-७ का ५२ वर्षीय पुरुष, महाबै-२ का २१ वर्षीय पुरुष, शुभकालिका-५ कालिकोटका २१ र ४० वर्षीय पुरुष रहेका छन्।
यस्तै कालिकोटकै शुभकालिका-५ का २२ वर्षीय पुरु शुभकालिका-५ का २४ वर्षीय पुरुष शुभकालिका-४ का २० वर्षीय पुरुष शुभकालिका-५ कालिकोटकै ३५ वर्षीय पुरुष शुभकालिका-५ का २२ वर्षीय पुरुष, महाबै-५ का २० वर्षीय पुरुष र महाबै-७ का ३३ वर्षीय पुरुष रहेका छन्।
शनिबारै मुत्यु भएका दैलेखको दुल्लु नगरपालिका-११ का एकजना र बाजुराका एकजनासहित कर्णाली स्वास्थ्य विज्ञान प्रष्तिठान जुम्लाको प्रयोगशालामा शनिवार साँझ १९ जनामा कोरोना पुष्टि भएको हो।
दैलेखमा १४ जना थपिए
शनिबार दैलेखका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको स्वाब परीक्षणमा शुक्रबार थप १४ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
कोरोना पुष्टि भएका सबै नारायण नगरपालिकाका थिए। संक्रमित हुनेमा वडा नम्बर २ का एक, वडा नम्बर ३ का एक, वडा नम्बर ४ का तीन, वडा नम्बर ६ का एक, वडा नम्बर ८ का दुई, वडा नम्बर ९ का दुई, वडा नम्बर १० का दुई र वडा नम्बर ११ का दुईजना रहेका थिए।
१८ देखि ५० वर्षसम्मका उनीहरु सबै पुरुष थिए। प्रदेश अस्पताल सुर्खेतमा रहेको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा यसअघि दैलेखका १६ जनामा कोरोना संक्रमिमण पुष्टि भइसकेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।