|

भक्तपुर : भक्तपुर कोरोना भाइरस (कोभिड–१९) संक्रमितमुक्त जिल्ला भएको छ। जिल्लाका चारैजना संक्रमित निको भएर घर फर्किएका छन्।

जेठ ६ मा कोरोना संक्रमण पुष्टि भएका भक्तपुर नगरपालिका–५, भेलेखेलका ५२ वर्षीय पुरुष र जेठ ९ मा संक्रमण पुष्टि भएका भक्तपुर नगरपालिका–९ की महिला जनप्रतिनिधि कोरोनालाई जितेर घर फर्किएपछि भक्तपुर कोरोना संक्रमितमुक्त जिल्ला भएको हो।

काठमाडौंको बलम्बुस्थित कोभिड–१९ युनिफाइड अस्पतालमा उपचार गराएका भक्तपुर नगरपालिका–५ का पुरुष शनिबार डिस्चार्ज भएका हुन्। त्यसैगरी महिला जनप्रतिनिधि पाटन अस्पतालमा उपचारपछि बुधवार र बिहीवार गरिएको स्वाबको परीक्षणका क्रममा नतिजा नेगेटिभ आएपछि उनी घर फर्किएकी थिइन्।

त्यसभन्दाअघि गत बैशाख ३० मा संक्रमण पुष्टि भएका मध्यपुर थिमि नगरपालिका–४ शंखधरचोक बस्ने सुनसरीको रामधुनी नगरपालिका झुम्काकी २५ वर्षीया महिला र रामेछाप घरभई चाँगुनारायण नगरपालिका–१ दुवकोट बस्ने २७ वर्षीय पुरुष गत साता नै कोरोनालाई जितेर घर फर्किसकेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.