|

पर्सा : भारतबाट यसै साता बैकल्पिक बाटो प्रयोग गरी स्वदेश आएका पर्साका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जको नारायणी अस्पतालमा रहेको स्वास्थ्य प्रयोगशलामा गरिएको परीक्षणमा शनिबार उनीहरुमा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु १८ वर्षीय पुरुष र ६० वर्षीया महिला हुन्। उनीहरु सखुवाप्रसौनी गाउँपालिकाका बासिन्दा हुन्। संक्रमित पुरुष जेठ १० मा भारतको उत्तर प्रदेशको नेयडाबाट र महिला मुम्बईबाट जेठ १२ मा नेपाल आएका थिए। 

पुरुष नेपाल प्रवेश गर्नेबित्तिकै सिधै सखुवाप्रसौनीको श्रीपुर पँचगावामा रहेको दिपनारायण आदर्श नमुना माविको क्वारेन्टाइनमा आएका थिए। महिला भने एक रात घरमा बसी १३ गतेबाट मात्र क्वारेन्टाइनमा आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.