|

तनहुँ : तनहुँमा एक जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ।

भारतबाट आएका ऋसिङ गाउँपालिकाकाका उनको स्वाब शुक्रबार संकलन गरिएको थियो। आइतबार रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए। 

उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएको थियो। 

व्यास नगरपालिका १ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा उनी बसेका थिए । उनी गत बुधबार दमौली आएका हुन्। आदिकविको क्वारेन्टाइनमा उनीसँगै ८९ जना बसेका छन्। उनीसँगै भारतबाट विभिन्न स्थानीय तहका गरी ३८ जनालाई ल्याइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.