|

अछाम : कोरोना संक्रमणको जोखिम बढिरहेका बेला अछामको  पन्चदेवल विनायक नगरपालिकाले काठमाडौबाट फर्किएकालाई ज्वरोसमेत जाँच नगरी घर पठाएको छ। पढाइ तथा विभिन्न कामको सिलसिलामा काठमाडौं  रहेकाहरु आइतबार बिहान घर फर्किएका हुन्। 

दुई वटा बस रिजर्भ गरेर आएका उनीहरुलाई विध्यामन्दिर माविको प्रांगणबाट होम क्वारेन्टाइनमा बस्ने भन्दै घर पठाइएको हो। जिल्लाका विभिन्न ठाउँका ७८ जना आइतबार बिनायक पुगेका हुन। 

घर पठाउँदा आफूहरुको चेकजाँच गरिदिनुपर्ने उनीहरुले माग राखे पनि नगरले १४ दिनमा जाँच गर्ने भन्दै घर पठाएको हो। उनीहरुलाई घरमै अलग्गै बस्ने सहमति पत्रमा हस्ताक्षर गराएइएको छ। 

नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम माझीको रोहबरमा उनीहरुलाई पठाइएको हो । यस विषयमा नगर कार्यपालिका बैठकमा कुनै छलफल नभएको उपप्रमुख अम्बिका चलाउनेले बताइन्। 

उनले सबैले घरमा सुरक्षित बस्ने कार्य राम्रो रहेको तर उनीहरुलाई चेकजाँच गरेर पठाउँदा राम्रो हुने धारणा राखेकी छन्। प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले होम करेन्टाइनमा बस्ने विषयमा स्थानीय तहले नै भूमिका निर्वाह गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.