|

म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखकी एक गर्भवतीलाई निरन्तर रक्तश्राव हुन थालेपछि आइतबार दिउँसो हेलिकप्टरबाट पोखरा लगिएको छ।

गर्भवती अवस्थामा रगत बगेर सिकिस्त भएकी नर्दिता गर्बुजालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको गर्भवती सुत्केरी जटिलता कार्यक्रमबाट हेलिकप्टरमार्फत उद्धार गरिएको हो। 

गर्भवतीको पेटमा जुम्ल्याहा बच्चा भएकाले स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने भएपछि पोखरा लैजान स्थानीय स्वास्थ्यकर्मीले सुझाव दिएका थिए।महिलाको स्वास्थ्य अवस्था जटिल भएको खबर आएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको समाजिक विकास मन्त्रीका स्वकीय सचिव प्रकाश पौडेलले बताए।

महिलाको थप उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.