|

दाङ : दाङमा २ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ। 

गढवा गाउँपालिकाको क्वारेन्टाइनमा खटिएका २ जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको र उनीहरुलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको गढवा स्वास्थ्य शाखाले जनाएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा परीक्षण गर्दा लमही नगरपालिका १ निवासी ४० वर्षीय र राप्ती गाउँपालिका  ८ निवासी ३६ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो। 

‘लकडाउन भएपछि दुवै घर जानु भएको छैन। उहाँहरुलाई यहीँ क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको थियो’, गढवा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले भने, ‘थप उपचारको लागि कोरोना विशेष अस्पताल बेल्झुण्डी लगिएको छ।’

यस्तै गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका अन्य २ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। गढवा ६ निवासी ३६ वर्षीय र गढवा ७ निवासी २४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। उनीहरु भारतबाट आएका हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.