बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्न आग्रह
बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्न आग्रह
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट विभिन्न माध्यम अबलम्वन गरी पठनपाठन सुचारु गर्न स्थानीय तह,संघ तथा प्रदेशलाई आह्वान गरेको छ। आइतबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन।
लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न यस्तो निर्णय लिनुपरेको मन्त्री पोखरेलले विज्ञप्तिमा बताएका छन्।
उनले विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठनपाठनको सहज अवस्था सिर्जना गर्न दूर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको शिक्षा मन्त्रालयले जानकारी गरेको बताएका छन्।
‘यो निर्देशिकालाई यही २०७७ साल असार १ गतेबाट कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहसम्बद्ध सबै निकायहरु तथा सरोकारवालालाई हार्दिक आह्वान गर्दछु’ मन्त्री पोखरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ। मन्त्री पोखरेलले जारी गरेको विज्ञप्तीमा सार्वजनिक शिक्षाको सवलीकरण सबैको साझा दायित्व भएको पनि बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।