|

धनकुटा : अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई गत जेठ ४ गते कोराना संक्रमण भएको पुष्टिसँँगै बन्द रहेको जिल्ला अस्पताल धनकुटाको सेवा पूर्ण रुपमा सञ्चालनमा आएको छ। 

आइतबार बसेको कोभिड–१९ कमाण्ड फोर्स र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्ला अस्पताल धनकुटालाई पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो। 
प्रयोगशाला, प्रसुति तथा शल्यक्रिया कक्ष, ओपिडी शाखा, एक्सरे कक्ष, इमरजेन्सी, प्रयोगशाला, सिएचएल (बालबालिकालाई खोप लगाउने स्थान), सहुलियत औषधि पसल सबै सञ्चालनमा आएका छन्। 

जेठ ४ गते अस्पतालमा कार्यरत १ स्वास्थ्यकर्मी र जेठ ६ गते थप ३ स्वास्थ्यकर्मी, २ सुरक्षाकर्मी र १ स्वास्थ्यकर्मीका परिवार गरी ७ जनामा कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएका व्यक्तिहरुको विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.