जानेबुझेकैहरु विरोधमा उत्रिन्छन्

|

जुम्ला : जुम्लाका विद्यालयमा क्‍वारेन्टाइन बनाउन स्थानीयले अबरोध गरेका छन्। फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक बढेपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको जिल्लास्तरीय एकीकृत क्‍वारेन्टाइन भरिभराउ छ। 

त्यहाँको क्‍वारेन्टाइनले थेक्न सक्ने अवस्था नभएपछि सरकारको नीति अनुसार स्थानीय तहले सामुदायिक विद्यालयमा क्‍वारेन्टाइन निर्माण गर्न खोजेका थिए। तर स्थानीयले विरोध गरी अवरोध गरिरहेका छन्। 

कोरोना भाइरस सर्ने डरले गाउँबस्तीनजिक क्‍वारेन्टाइन बनाउन नहुने भन्दै स्थानीयले विरोध गरेका छन्। अहिले कर्णाली प्राविधिक शिक्षालय, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारी गरी तीनवटा क्‍वारेन्टाइनमा तीन सय ८३ जना बसेका छन्। 

बाहिरबाट आउने नागरिकको संख्या बढ्न थालेपछि सामुदायिक विद्यालयमा क्‍वारेन्टाइन बनाउने सरकारको नीति छ। त्यही अनुसार क्‍वारेन्टाइन बनाउन खोज्दा स्थानीयले विरोध गर्ने गरेको चन्दननाथ नगरपालिकाका प्रमुख  कान्तिका सेजुवालले बताइन्। 

'राज्य यतिबेला संकटमा छ। सबै सहयोग, सर्मथन र हातेमालो गरी कोरोन भाइरस नियन्त्रण गर्नुपर्नेमा जानेबुझेकैले असहयोग गर्ने गरेका छन्', उनले भनिन्, 'स्थानीयलाई सम्झाउन-बुझाउन खोज्दा पनि बुझ्‍ने प्रयास गर्दैनन्।'

चन्दननाथ नगरपालिका–१० कार्तिकस्वामीस्थित जनज्याती मावि र ९ नम्बर वडा श्रीढुस्कास्थित शम्भुनाथ ज्ञानकुञ्ज माध्यामिक विद्यालयमा क्‍वारेन्टाइन बनाउन खोज्दा स्थानीयबाट विरोध भएर अवरोध गरिएको उनको भनाइ छ। 

चन्दननाथ नगरपालिका-१० कार्तिकस्वामीका पदमबहादुर शाहीका अनुसार गाउँबस्तीनजिक क्‍वारेन्टाइन बनाउन नहुने भन्दै स्थानीयले विरोध गरेका हुन्। 'आइसोलेसन र अस्पताल जनिकका विद्यालयमा क्‍वारेन्टाइन बनाउन छोडेर टाढाका विद्यालयमा आएपछि विरोध भएको हो, उनले भने, 'रोग सर्ने डरले गाउँबस्ती नजिक क्‍वारेन्टाइन बनाउन नदिइएको हो। यसबाट नागरिक त्रसित छन्।'

लकडाउन अवधिभर जुम्ला १२ हजार ९२ जना नागरिक भित्रिएको जिल्ला प्रशासन कार्यालय तथ्यांक सार्वजनिक गरेको छ। एक हजार २ सय ७३ जना क्‍वारेन्टाइनबाट घर गएका छन्। एक हजार ६सय ८४ जनाको पिसिआर परीक्षण भएको छ। यसमा सबैजनाको  रिपोर्टनेगेटिभ आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.