|

मुगु : मुगुका यस वर्ष यार्सागुम्बा संक्लन प्रतिबन्ध लगाइएको छ। प्रतिबन्धका समयमा यार्सागुम्बा टिप्न पाटनतिर गए मुगुम कार्मारोङ गाउँपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ।

कोरोना भाइरसको संक्रमण हुने भन्दै एक महिनाअघि यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। अवैध रुपमा पाटन प्रवेश गरी यार्सागुम्बा  चोरी हुने भएकाले गाउँपालिकाले जरिवानाको निर्णय गरेको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए।

यसअघि पनि पाटन आसपासका गाउँका बासिन्दाले सिजन सुरु हुनुअघि र पछि पनि अवैध रुपमा यागुम्बा संकलन गर्ने गरेका थिए। यस वर्ष अवैध रुपमा यार्सागुम्बा संकलन रोक्न पाटन प्रवेश गर्ने नाकामा स्वयंसेवक परिचालन गरेको अध्यक्ष लामाले बताए।

अवैध संकलन रोक्न गाउँपालिकाले मुगु, डोल्फु, चितैलगायत गाउँमा स्वयंसेवक परिचालन गरेको छ। गाउँपालिकाका सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके, छापाखोलालगायत आठ पाटनमा यार्सागुम्बा पाइन्छ। यो वर्ष संकलन रोकिएकाले अर्को वर्ष उत्पादन वृद्धि हुने आशा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए।

उनका अनुसार पुलुस्थित सीमा प्रहरी चौकीले पनि यार्सागुम्बा संकलन रोक्न नियमित गस्ती थालेको छ। गाउँपालिकाले अपरिचित व्यक्ति अनुमतिबिना गाउँ छिरेमा १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गरेको छ। कोरोना भाइरसको संक्रमण रोक्न गाउँपालिकाका नौवटै वडाका अध्यक्षको भेलाले प्रवेशमा रोक लगाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.