|

अर्घाखाँची :  अर्घाखाँची  जिल्लामा कपिवस्तुबाट ल्याइएको तरकारी नष्ट गरिएको छ।   

छिमेकी कोरोना संक्रमित जिल्लाबाट तरकारी ल्याउन नपाइने निर्णय  अनुसार अर्को जिल्लाबाट तरकारी आएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नष्ट गरेको हो।

सन्धिखर्कमा तरकारी तथा फलफुल बिक्री वितरण गर्दै आइरहेको पुष्पा स्टोरका सञ्चालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभुमी नगरपालिका–१० बाट  ल्याइएको हरियो तरकारीहरु बोडी, करेला, लौका, घिरौला, भिन्डी टमाटर र खुर्सानीलगायतका तरकारी  प्रशासनको इजाजत बिना ल्याइएको भन्दै नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.