समाज

सामुदायिक विद्यालय निजीलाई सुम्पिन खोजेको होइन : अर्थमन्त्री

जेठ १९, २०७७

    काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले सामुदायिक विद्यालयलाई निजी विद्यालयमा जिम्मा लगाउन नखोजिएको बताएका छन्। उनले माध्यमिक शिक्षा राज्यकै दायित्व भएको बताउँदै बजेटमा गरिएको व्यवस्थालाई गलत अर्थमा नबुझ्न पनि आग्रह गरेका छन्।

    बजेटमाथि उठेका प्रश्नहरुको सोमबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले यस्तो स्पष्टीकरण दिएका हुन्। ‘माध्यमिक शिक्षा राज्यको दायित्व हो। माध्यमिक शिक्षा विस्तारै निःशुल्क बनाउने हो’, उनले भने, ‘सामुदायिक विद्यालयलाई सहयोग गर्छौं भनेर निजी विद्यालय सञ्चालकहरु आएका छन्। उनीहरुले सहयोग गर्न खोजेको हो। सामुदायिक विद्यालय निजी क्षेत्रलाई हस्तान्तरण गर्न खोजेको होइन।’

    अर्थमन्त्री खतिवडाले निजी विद्यालयहरुले संस्थागत, सामुदायिक दायित्वको एक प्रतिशत सामुदायिक विद्यालयमा लगानी गर्न खोजेको बताए। 

    ‘निजी विद्यालयले संस्थागत सामुदायिक दायित्वको एक प्रतिशत रकम खर्च गर्छौँ भनेर उहाँहरु आउनु भएको थियो’, उनले भने, ‘हामीले तिम्रो सामाजिक उत्तरदायित्वको रकम खर्च गर भनेको हो। सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने कुरा भएको हो। त्यसकै आधारमा सामुदायिक विद्यालय निजीलाई सुम्पियो भन्नु गलत हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]