|

विक्रम सम्वत २०३८–३९ सालतिरको कुरा हो। मेरो नागार्जुनको ल्याण्डस्केपको काम दैनिक रुपमा सुरु भयो। मैले नागार्जुन दरबारको ल्याण्डस्केप डिजाइन सकेर त्यसको सम्पादन पनि गरें र बुझाएँ। त्यसको केही अन्तरालमा मलाई एक्कासि राजदरबारबाट फोन आएको जानकारी गराइयो। नागार्जुनमा आयोजना गरिने, राजा र रानी सरिक हुने डिनरमा मलाई पनि मेरी श्रीमतीसहित आमन्त्रित गरिएको रहेछ।

म निकै आश्चर्यचकित भएँ। राजपरिवारको डिनरमा सपत्निक म डाकिएँ, मेरा लागि यो बिलकुल अस्वाभाविक जस्तो थियो। किन म बोलाइएँ हुँला? मलाई लाग्यो राजाकहाँको एक छाक डिनरभन्दा त मलाई एक बोरा चामल भएको भए धेरै महिना टर्थ्यो। एक/ दुईजना नजिकका साथीभाइसँग मैले आफ्नो यस प्रकारको अभिमत प्रकट गरें। उनीहरूले मलाई गाली गरेर भने, ‘भरतजी राजासँग डिनर खानु पाउनु भनेको एकदम अपूर्व अवसर हो,  तपाईंलाई मन पराएर बोलाइएको हो, यस्तो अवसर जीवनमा हतपति आउँदैन’ मैले जाने निधो गरेँ। 

अरूझैँ राजा पनि विस्मित भए मेरो प्रतिकृया सुनेर। त्यसपछि त्यहाँ उपस्थित कसैले भन्यो, ‘सरकार यी तरकारी फलफूल बेच्ने मानिसहरूले काठमाडौं खत्तम पारे।‘ केही क्षण म सुनेर बसें, तर त्यो टिप्पणीसँग म बिल्कुलै सहमत थिइनँ। मौका पाउनेबित्तिक्कै बोलिहालें।

निश्चित दिन आयो, साँझ करिब ६ बजे दरबारको गाडी हामीलाई लिन आयो। हामी तोकिएको समयमै नागार्जुन पुग्यौं। करिब सात बजे साँझदेखि कार्यक्रम सुरु भयो। त्यहाँ सीमित मानिसहरुको मात्र उपस्थिति थियो।

कार्यक्रममा राजा र रानीका( वीरेन्द्र-ऐश्वर्य) अतिरिक्त राजाका दुवै एडिसी ताराबहादुर थापा र शान्तकुमार मल्ल, अनि डा.सच्चेकुमार पहाडी र उहाँकी श्रीमती सावी पहाडी, डा.हेमांग दीक्षित आदि उपस्थित थिए।

हार्ड ड्रिंक तथा वियर सर्भ गरियो। म केही मात्रामा वियर पिउने हुनाले वियर नै लिएँ। यससँगै कुराकानी पनि सुरु भयो। म मर्यादाक्रममा तथा उमेरमा पनि कनिष्ठ नै भएको हुनाले धेरै बेरसम्म मौन नै थिएँ। तर कुराको सन्दर्भले मलाई समावेश गराई छाड्यो।

ताराबहादुर थापाले भने, ‘सरकार। भरतजी ह्याज सम प्रोब्लेम।‘

राजाले मतिर हेरेर सोधे– ‘इज इट? सो ह्वाट इज योर प्रोब्लेम?’

अनायास मेरो मुखबाट स्वस्फूर्त रुपले निस्क्यो–‘सरकार, नथिङ स्पेशिफिक। माई प्रोब्लेम इज नो डिफरेन्ट द्यान प्रोब्लेम अफ टू क्रोर अफ नेपाली। भरत शर्मा वील वी टेकन केयर अफ। सरकार। हाम्रो देशमा त कहिलेकाहीं ठिक उल्टो हुन्छ। अनेस्टली, सिन्सियरली जस्तै होम गर्नु संसारको भलाइ गर्न हो भनिन्छ राम्रो मानिन्छ, तर कहिलेकाहीँ होम गर्नेको हात नै तानेर आगोमा डामियो भने? त्यस्तै स्थिति छ सरकार। इफ दिस न्यासनल लार्ज प्रोब्लेम इज टेकन केयर अफ सिमुल्टानियसली आई वील वी फाइन एज आर्ई डू नट ह्याव माई स्पेशिफिक प्रोब्लेम।‘

अरूझैँ राजा पनि विस्मित भए मेरो प्रतिकृया सुनेर। त्यसपछि त्यहाँ उपस्थित कसैले भन्यो, ‘सरकार यी तरकारी फलफूल बेच्ने मानिसहरूले काठमाडौं खत्तम पारे।‘ केही क्षण म सुनेर बसें, तर त्यो टिप्पणीसँग म बिलकूलै सहमत थिइनँ। मौका पाउनेबित्तिक्कै बोलिहालें।

‘सरकार, आई स्ट्रोङली फिल द्याट इन्स्टेड अफ पासिङ सच रिमार्क्स, वी सूड र्‍यादर लर्न फर्म देम। दे सेल पेरिसेवल गुड्स, ब्रीङ टू आवर डूअर स्टेप एण्ड वाई इभिनिङ एभरीथिङ इज सोल्ड, ह्वेयर एज वी ह्याव इन्स्टिच्युसन्स लाइक न्यासनल ट्रेडिङ लिमिटेड, दो द गुड्स आर नन पेरिसेवल, वट आवर मार्केटिङ टेक्निक इज सो ब्‍याड द्याट गुड्स गेट स्पोइल्ड। सो इट इज लेसन टू वी लर्न्ड इन्स्टिड अफ रिडिकुलिङ पर्सनल्ली। आई स्ट्रोङली फील अफन द्याट नेप्लिज विहेवियर इज इन डुयालिटी, जस्ट लाइक फेमस राइटर स्टेभेन्सन्स वुक डा. ज्याकिल एण्ड मिस्टर हाइड। आई एम स्योर सरकार। यु ह्याव गोन थ्रु द्याट वुक।

मेरो यो रिमार्क्स सुन्दा रानीले प्रतिक्रिया जनाइन्, ‘यू आर आस्किङ हिम लाइक अ जर्नालिस्ट।'

मैले भनेँ, ‘सरकार, आई एम नट ए जर्नालिस्ट, आई एम जस्ट स्टेटिङ माई भ्यू प्वाइन्ट।'

रानीको अनुहारमा अर्धमुस्कान देखियो, मैले एक ग्लास अर्को वियर पनि लिएँ।

राजाले मलाई सम्‍बोधन गर्दै भने, ‘यु ह्याव टू डू समथिङ फर मी।'

मैले सोधें ‘ह्वाट इज द्याट सरकार?’

उनले भने, ‘यु सुड प्रिपेयर मास्टर प्लान फर पशुपति एरिया।'

अनायस मेरो मुखबाट निस्क्यो, ‘सरकार। आई वील डेफिनेटली प्रिपेयर इट, वट आई ह्याव ए कण्डिसन।'

त्यहाँ बसेका सबैको अनुहारमा आश्चर्य थियो, राजालाई पनि कण्डिसन भन्न सक्ने यो कस्तो दुस्साहसिलो अशिष्ट रहेछ भनेर पनि होला।

राजाले मलाई सोधे, ह्याट इज योर कण्डिसन?

मैले जवाफ दिएँ, सरकार, आई वाण्ट टू वर्क अन मास्टर प्लान एज ए प्रोफेसनल भरत शर्मा ओन्ली, नट एज ए भरत शर्मा हू इज गर्वन्मेन्ट इम्प्लोइ। द रिजन इन नेप्लिज कन्टेक्स्ट इज क्रिस्टल क्लियर। एज ए सिभिल इम्प्लोइ आई वील ह्याव काउण्टलेस सिनियर्स हू वील ट्राइ टू इन्फ्लुएन्स माई मास्टर प्लानिङ एक्सरसाइज। प्लानिङ इन्भल्भ्स फिजिकल एसेट्स अफ इण्डिभिजुअल्स। एट प्रोफेसनल लेभल आई सुड नट सक्कम्व टु इन्ट्रेस्ट ग्रुप्स एण्ड अल्सो इन्सुलेट माईसेल्फ फर्म व्युरोक्रेटिक प्रेसर टु।'

यो सुनेर राजाले भने, ठिक छ। द्याट इज नट ए प्रोब्लेम। जस्ट वर्क एज इम्पारसियल प्लानर फर पशुपति एरिया डेभलपमेन्ट एज यु वीस।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.