देशभर संक्रमितको संख्या १७९८ पुग्यो

|

काठमाडौं : नेपालमा सोमबार २२६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका छन्।

देवकोटाका अनुसार सोमबार थपिएका नयाँ संक्रमितहरुमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन्। नयाँ संक्रमितहरुमा एक वर्षीया बालिकादेखि ६५ वर्षीयसम्म रहेका छन्। 

कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा झापा बाह्रदशीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रादेशिक प्रयोगशलामा पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका तीनजना पुरुषमा कोरोना पुष्टि भएको छ। त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा  पोजेटिभ आएको छ। जसमा अधिकांश दैलेखका रहेका छन्। 

प्रदेश अस्पताल तथा पशुपंक्षी प्रयोशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका १६ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी सल्यानको बनगाड कुपिण्डेका १० जनामा संक्रमण देखिएको छ। 

त्यसैगरी सल्यानको बनगाड कुपिण्डेका १० जनामा संक्रमण देखिएको छ। त्यस्तै सुर्खेतका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ। 

धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा २० जनाको पोजेटिभ आएको छ। जसमा कपलिवस्तुका २ छन्। रौतहटका १७ जनामा संक्रमण देखिएको छ। भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जना पोजेटिभ आएको छ। जसमा सातैजना बाँके डुढुवाका पुरुष रहेका छन्। 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ। तुलसीपुर उपमहानगरपालिकाका ५ जनासहित नौजनामा संक्रमण देखिएको हो। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ जनामा संक्रमण पुष्टि भएको छ। जसमा धनुषा धननौजीका ४ जना, हंसपुरका २ जना र प्रदेश अस्पतालका १ जना रहेका छन्। 
त्यसैगरी शिवराज कपिलवस्तुका १२ जनामा संक्रमण पुष्टि भएको छ। कपिलवस्तुकै हरिहरपुरका ८ जनामा संक्रमण देखिएको छ। कपिलवस्तुकै महाराजगञ्जका २ जनामा पनि कोरोना देखिएको छ। 

जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको रंगिलाल माविका ११ जनालाई कोरोना पुष्टि भएको छ। त्यसैगरी कपिलवस्तु चन्द्रौटा माविका ३ जना र अन्य दुईजनाम पनि संक्रमण देखिएको छ।  

महोत्तरीका २ जना, मकवानपुरका १ जना, सर्लाहीको जनमावि क्वारेन्टाइनका ५ जना महिलामा पनि संक्रमण देखिएको छ। त्यसैगरी सर्लाही जनता मावि क्वारेन्टाइनमा का ३३ जनामा संक्रमण पुष्टि भएको छ। 

सिरहाको सूर्यनारायण माविका ५ जनामा पनि कोरोना देखिएको छ। त्यस्तै सेती अस्पतालमा १८ जना पोजेटिभ भेटिएका छन्। जसमा अछामकी १ वर्षीया बालिका पनि छन्। त्यसैगरी कैलालीका १४ जना संक्रमित छन्। जसमा  तीन महिला पनि छन्। बैतडीका १ जना, डोटीका १ जना र कञ्चनपुरका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.