|

कपिलवस्तु : जिल्लामा सोमबार ४७ कोरोना कोरोना संक्रमित थप भएका छन् । उनीहरु २ जना महिलासहित छन्। यसँगै जिल्लामा संक्रमितको संख्या ३ सय १७ पुगेको छ। 

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार मायादेवी गाउँपालिकामा ६ जना, कपिलवस्तु नगरपालिकामा १ जनामा कोरोना संक्रमण भएको छ।यसैगरी बुद्धभूमि नगरपालिकामा १० जना, शिवराज नगरपालिकामा २६ जना, महाराजगन्ज नगरपालिकामा २ जना र वाणगंगा नगरपालिकामा २ जना थप भएका हुन्।

उनीहरु १८ देखी ५८ वर्ष उमेर समूहका रहेका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.