जिल्लाभर संक्रमितकाे संख्या २ सय ३३ पुग्याे

|

रौतहट : १६ नगरपालिका र २ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेको रौतहटको १७ वटा स्थानीय तहमा कोरोना भाइरस संक्रमण फैलिएको छ।सोमबारसम्मको तथ्यांकअनुसार रौतहटमा २ सय ३३ जना कोरोना संक्रमित देखिएका छन्। 

सोमबार मात्रै परोहा नगरपालिकामा १४ जना र यमुनामाई गाउँपालिकामा ४ जना गरी १८ जनामा कोभिड १९ संक्रमण भेटिएको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिए। 

चन्द्रपुर नगरपालिकाबाहेक १५ नगरपालिका र २ गाउँपालिका गरी १७ वटा स्थानीय तहमा कोरोना भाइरस फैलिसकेको छ। सबैभन्दा बढी राजपुर नगरपालिकामा ८३ जना कोरोना संक्रमति भेटिइसकेका छन्। यस नगरपालिकामा ३ हजार ५ सय भन्दा बढी भारतबाट आएकाहरु क्वारेन्टाइनमा बसेका छन्। यस्तै ईशनाथ नगरपालिकामा ६९ जनामा संक्रमित रहेका छन्। सो नगरपालिकामा पनि ३ हजारभन्दा बढी भारतबाट आएका क्वारेन्टाइनमा छन्। 

यसैगरी गौर नगरपालिकामा १६ जना, देवाही गुनाही नगरपालिकामा १५ जना गढीमाई नगरपालिकामा ७ जना राजदेवी नगरपालिकामा ४ जना, मौलापुर नगरपालिकामा ६ जना, कटहरिया नगरपालिकामा २ जना, बौधीमाई नगरपालिकामा ४ जना, माधव नारायण नगरपालिकामा ३ जना, गरुडा नगरपालिकामा १ जना परोहा नगरपालिकामा १४ जना, फतुवा विजयपुर नगरपालिकामा २ जना, वृन्दावन नगरपालिकामा १ जना, गुजरा नगरपालिकामा २ जना (बाहिर जिल्लामा उपचार गराइरहेका), यमुनामाई गाउँपालिकामा ४ जना र दुर्गाभगवती गाउँपालिकामा ८ जनामा संक्रमण देखिएको फोकल पर्सन गुप्ताले जानकारी दिए।

संक्रमति २ सय ३३ मध्ये ३ जना निको भएर घर फर्किसकेका छन् भने ५ जना बाहिर उपचार गराइरहेका छन्। संक्रमतिहरुको नर्सिङ कलेज आइसोलेसन गौर र राजपुर आइसोलेसनमा उपचार भइरहेको छ। केही संक्रमति क्वारेन्टाइनमै छन्। संक्रमति सबै भारतबाट आएका हुन्। 

सोमबारसम्म रौतहटमा ८ हजार ५९ जना क्वारेन्टाइनमा छन् भने १ हजार १ सय ८७ जना घर फर्किसेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.