‘कोरोनाको औषधि भनेकै सान्त्वना र आतमबल रहेछ’

|

गुल्मी : गुल्मीमा कोरोना जितेर घर फर्किन लागेका मदाने गाउँपालिका कृषि विकास बैंकंका ३१ वर्षीय कर्मचारीले कोरोनालाई सहजै जितेको बताए। 

मदाने ६ पुर्कोटदहका कोरोना संक्रमित ४१ वर्षीय मृतक शिक्षकको सम्पर्कमा आएका उनको प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। उनले १० दिनमै कोरोना जिते। सदरमुकाम तम्घासमा रहेको आइसोलेसनमा उनलाई राखिएको थियो। 

‘कोरोनाभन्दा रुघाखोकी जटिल’ 

डिस्चार्ज हुने समयमा उनले कोरोनाभन्दा आफूलाई रुघाखोकी जटिल लागेको बताए । ‘रुघाखोकी लाग्दा धेरै समस्या आउने गर्दथ्यो, खोकी लाग्ने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्तो हुन्थ्यो, तर कोरोना संक्रमण हुँदा त्यस्तो केही भएन।’ उनले भने। 

आफूलाई कोरोना लागेजस्तो केही पनि अनुभूति नभएको उनले बताए। भने, ‘आत्मबल बलियो बनाए सहजै यसलाई जितिने रहेछ।’ 

सबैभन्दा ठूलो औषधि : सान्त्वना

आफू १० दिनसम्म आइसुलेसन बस्दा आफन्त, बैंकका कर्मचारी, तथा साथीहरुले फोनमार्फत धेरै सान्त्वना दिएका उनी बताउँछन्। यसलाई नै ठूलो औषधि आफूले मानेको उनले बताए। 

यस अवधिमा आफूले कविता रचना गर्ने, व्यायाम र आफूलाई व्यस्त बनाउने काम गरिएकाले तनाव नभएको उनले बताए। आफूलाई कोरोनाको कुनै लक्षण पनि देखा नपरेकाले कोरोना संक्रमण भएजस्तो नलागेको बताए। 

उनले कोरोनालाई धेरै ठूलो रोगका रूपमा नलिन आग्रह गरेका छन्। कोरोनालाई बाहिर धेरै हल्लाको रुपमा फैलाएको जस्तो आफूलाई लागेको उनले बताए। यस अवधिमा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई धन्यवाद पनि उनले दिए। 

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा दुवै पटक नेगेटिभ रिपोर्ट आएसँगै उनलाई डिस्चार्ज गरिएको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए। उनलाई सोमबार गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बिदाई गरेका हुन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.