|

बारा : संघीय संसद भवनको झल्को मेटाउने गरी बाराको निजगढ नगरपालिकाको पाँचौं नगरसभा भएको छ। निजगढ ८ स्थित निजगढ पार्टी प्यालेस एण्ड सेमिनार हलमा नगरसभाको सिट व्यवस्थापनदेखि सञ्चालनसम्म गरिएको थियो। 

सजिसजाउ पार्टी प्यालेसमा सामाजिक दूरी कायम गर्न कुर्सीको व्यवस्थापन गरिएको थियो। नगर सभाका महिला जनप्रतिनिधि पोसाकमा सजिएका थिए। माथिल्लो खण्डमा सभाअध्यक्ष सुरेशकुमार खनालले बैठक सञ्चालन गरिरहेका थिए भने उपप्रमुख लीलादेवी लामिछाने र नगरसभाका सचिवालयका तिनको छुट्टाछुट्टै डेस्क व्यवस्थापन गरिएको थियो।

बैठक कक्षमा प्रव्रेश गर्नुअघि ग्लब्स, मास्क र सेनिटाइजर दलेर सभाका सदस्य उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेर प्रवेश कुर्सीमा आशन गरेलगत्तै सभाअध्यक्षको आगमन हुन्छ। 

सभाका सदस्यले स्वागत गर्दै ताली बजाउँछन्। सभाअध्यक्ष मञ्चमा पुग्नासाथ राष्ट्रिय गान बजाइन्छ। सबै जना उभिएर राष्ट्रिय गानमा सहभागी हुन्छन्।सभाअध्यक्षले पालैपालो चार वटा विधयेक पेस गर्छन्। प्रत्येक विधयेक संशोधन र छलफलका लागि १५ मिनेट समय दिइयो। 

लगत्तै प्रस्तावप्रति संसदमा जस्तै हुन्छ÷हुँदैन भनेर सभाध्यक्षले विधयेक निर्णायर्थ पेस गरे।  पक्षमा सबैले हात उठाएर हुन्छ भने र बहुमतले पारित हुन्छ। फागुन १५ बाट सुरु भएको नगर अधिवेशन कोरोना त्रासका कारण रोकिएको थियो। चालु आर्थिक वर्ष २०७६/०७७ को अधिवेशन तीन महिनापछि समापन गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.