|

म्याग्दी : नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको शव व्यवस्थापनबारे पूर्व अभ्यास गरेको छ। कोरोनाको महामारी फैलिएपछि मर्नेको संख्या बढ्न सक्ने र यसको व्यवस्थित रुमा अन्येष्टि गर्न नसकिएमा झन महामारी फैलिने र नियन्त्रणमा चुनौतीको सामना गर्नुपर्ने भएको हुँदा नेपाली सेनाले यसको पूर्व तयारी गरेको हो।

महामारीको विषम परिस्थितिमा मृतकको संख्या वृद्धि भई भयावह स्थिति सिर्जना भए शवको व्यवस्थापनका लागि नेपाली सेना श्रीबक्स गुल्म अर्थुङ्गे, म्याग्दी र बागलुङ्ग स्थित नम्बर २३ बाहिनी अड्डाको संयुक्त आयोजनामा बेनीस्थित खुला चौरमा शव व्यवस्थापनको पूर्व तयारी प्रस्तुत गरिएको हो।

खुल्ला मञ्चमा गरिएको प्रस्तुतीमा पेइसेन्ट रिसिभिङ्ग टिम(पिआरटी)ले शंकास्पद संक्रमितलाई भेट्दा, संक्रमित मृतकको शरीर व्यवस्थापन, एम्बुलेन्स तथा सवारी साधनलाई डिसइन्फेक्ट गर्ने, यस कार्यमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले अपनाउने व्यक्तिगत सुरक्षामा केन्द्रित रहेको थियो।

सम्भावित संक्रमित र संक्रमणबाट मृत्यु भएको व्यक्तिको तथ्यांक, मुचुल्का, परिवारको सहमति, परिवारको सदस्यलाई सान्त्वना, दाहसंस्कार गर्नुअघि शव उठाउँदा र संस्कारका बेला अपनाउनु पर्ने सावधानी, मृतक बसेको स्थान(घर)को डिसइन्फेक्ट लगायतलाई पनि समेटिएको थियो।

शव व्यवस्थापनमा खटिएका नेपाली सेनाले व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि पिपिई प्रयोग गरिएको थियो। वास्तविक परिस्थितिमा सुरक्षा निकायबीच गरिने कारबाहीमा एकरुपता ल्याउन मद्दत पुग्ने उद्देश्यले प्रस्तुति गरिएको सेनानी सुरेश देवकोटाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.