कोभिड-१९ {अपडेट}

वीपी प्रतिष्ठानबाट १८ जना कोरोना संक्रमित डिस्चार्ज

जेठ २०, २०७७

    धनकुटा : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना कोरोना संक्रमित निको भएर गएराति घर फर्किएका छन्। 

    स्वास्थ्य मन्त्रालयको प्रोटोकलअनुसार दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई वीपी प्रतिष्ठानबाट गएराति डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जनाएको छ। 

    निको भएर घर फर्किएकाहरुमा १ जना धरान १३ की महिला रहेकी छिन भने अन्य सबै झापा जिल्लाका हुन। धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको छ भने झापाका नागरिकहरुलाई बसमा पठाइएको छ। प्रतिष्ठानको आइसोलेसनमा अब ८० जना संक्रमित व्यक्तिहरु रहेका छन। ती सबै झापाका रहेको प्रतिष्ठानले जनाएको छ।

    निको भएर घर फर्किएकाहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, प्रतिष्ठानका निर्देशक डा.गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा.इन्द्र लिम्बुलगायतले विदाई गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]