|

अछाम : अछाममा थप ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन। ९ जना नयाँ कोरोना संक्रमित भेटिएसँगै अछाममा कोरोना संक्रमितको संख्या ११ पुगेको छ।

जिल्लाको मेल्लेख गाउँपालिकाका ८ जना र मंगलसेन नगरपालिकाका १ जनामा कोरोना संक्रमण भेटिएको हो।

सुर्खेत प्रयोगशालामा पिसिआर जाँचका क्रममा नयाँ ९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले जानकारी दिए।यस अघि सोमवार चौरपाटि गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण भेटिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.