चीनले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ

|

काठमाडौं : सत्तारुढ नेकपाका प्रवत्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेकोले अघि बढ्न नसकेको बताएका छन्।

आजको राष्ट्रियसभाको विशेष समयमा बोल्दै भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको र यस्तो नगर्न आग्रह गरेका हुन। 

‘आन्तरिक मामिलामा हस्तक्षेप हुने गरेको छ, आन्तरिक मामिलामा हस्तक्षेप नहोस्,’ उनले भने। उनले नेपाल भारतको विवाद अन्त्य गर्न चारवटा कुरा तत्कालै गर्न आवश्यक रहेको पनि बताए। 

सीमा समस्या 

‘एउटा नेपाल भारत सीमा समस्या छ। हाम्रो भूमाग अतिक्रमण भएको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्तामा र सीमा स्तम्भ भएका ठाउँमा अतिक्रमण भएको छ,’ उनले भने, ‘यो अन्तय हुनुपर्दछ।’ 

संन्धिहरु प्रतिस्थापन गरौं

श्रेष्ठले नेपालका ऐतिहासिक तथ्यका आधारमा सीमा समस्या हल गर्न सकिने पनि बताए। ‘इतिहासको विरासतमा रहेका असामान सन्धि सम्झौता खारेज गर्ने वा आवश्यकत अनुसार नयाँ सन्धि प्रतिस्थापन गराैं। १९५० को सन्धि प्रतिस्थापन गरौं,’ उनले भने। 

आन्तरिक हस्तक्षेप

भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गरेमात्रै पनि नेपाल अघि बढ्न सक्ने उनले दाबी गरे। उनले पछिल्लो समय भारतिय हस्तक्षेप पछाडि धकेल्न सफल भएको पनि बताए। 

‘तेस्रो, हाम्रो सम्बन्धमा हामीले अहिले पनि देखिराखेकै छौँ । आन्तरिक मामिलामा हस्तक्षेप हुने गरेको छ। नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नहोस्,’ उनले भने, ‘पछिल्लो समय त्यसलाई पछाडि धकेल्न सफल भएका छौँ। त्यसबाट मुक्त राख्नेछौँ।’

भारतले आफैँ आत्मालोचना गर्न जरुरी रहेको उनको भनाई छ। उनले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेकोले हामी थप बलियो सम्बन्ध बनाउनुपर्ने उनको भनाई छ।

उनले भारतले नेपालका लिपुलेक हुँदै सडक निर्माण गर्न चीनले साथ दिएको सम्झँदै चीनले उक्त सम्झौता सच्याउन आग्रह गरे। ‘चीनले आफ्नो कुरा स्पष्ट राख्नुपर्छ,’ उनले भने। श्रेष्ठले नेपालले जारी गरेको संविधानको विरोधमा भारतले नाकाबन्दी लगाएको भन्दै आपत्ति जनाए। 

‘हामीले नयाँ संविधान जारी गर्दा भारतिय सरकार र जनता खुसी हुनुपर्ने हो,’ उनले भने, ‘६० वर्ष संघर्ष गरेर  जनताका प्रतिनिधिद्वारा आफैँले जारि गरेको संविधानमा छिमेकी मित्र राष्ट्र खुसी हुनुपर्ने हो। तर, हामीले नाकाबन्दीको सामाना गर्नुपर्यो। ’ 

आर्थिक उत्पीडन 

नेपालले भारतकै कारणले विभिन्न आर्थिक उत्पिडनको घटना भोग्नु परेको भन्दै दु:ख व्यक्त गरे। ‘हामीले आर्थिक क्षेत्रमा पनि उत्पिडनको अवस्था भोग्नु परेको छ,’ उनले भने, ‘कोशी, गण्डकी सम्झौताहरु र पारबाहन जस्ता हाम्रो अधिकारका सन्दर्भमा पनि हामीले बेला बेला संघर्ष गर्नु परेको। संघर्ष गर्दा नाकाबन्दी भोग्‍नुपरेको छ। ’ उनले यी चार समस्यालाई हल गर्न जरुरी रहेको र यो कुटनीतिक तबरबाट सम्भव रहेको पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.