|

काठमाडाैं : सरकारले उद्योगी व्यवसायीलाई कर भुक्तानीको लागि ताकेता गरेको छ। सार्वजनिक सूचना जारी गरेर आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी जेठ २५ सम्म तिर्न ताकेता गरेको हो।

चैत ११ देखि लकडाउन भएपछि सरकारले कर तिर्ने म्याद जेठ २५ सम्मको लागि थपेको थियो। तर, अहिले लकडाउनकै बीचमा सरकारले उद्योगी, व्यवसायीलाई ताकेता गरेको छ।  

आन्तरिक राजस्व विभागले जारी गरेको सार्वजनिक सूचनामा उल्टै जेठ २५ भित्र कर बुझाएर थप दस्तुर, व्याज र जरिवानाबाट बच्न भनिएको छ।  

राजस्व विभागले जारी गरिएको सुचनामा भनिएको छ, ‘मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ साल फागुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको द्धिमासिक र मंसिर–फागुनको चौमासिक कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद २०७७ जेष्ठ २५सम्म।’ सरकारले अन्तशूल्क दाखिला गर्ने म्याद पनि जेठ २५ सम्मलाई तोकेका छ।

त्यस्तै अग्रिम बुझाउनुपर्ने कर  कट्टी र अग्रिम कर असुलीको विवरण पनि जेठ २५ सम्म व्यवसायी तथा उद्योगीले बुझाउनुपर्ने छ।संसोधित अनुमानित कर विवरण र दोस्रो किस्ता बापतको रकम भने जेठ मसान्तभित्र तिरिसक्नुपर्ने राजस्व विभागले जनाएको छ। दुर सञ्चार सेवा दस्तुर दाखिला भने जेठ २५ सम्म नै गर्नुपर्ने विभागले निकालेको सूचनामा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.