|

काठमाडौं : चैत ११ देखि जारी लकडाउनका क्रममा कयौं सुत्केरी र गर्भवतीले ज्यान गुमाएको भन्दै सांसदहरुले सरकारसँग गुनासो गरेका छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसहरुले गर्भवती र सुत्केरीको ज्यान बचाउन आग्रह गरेका हुन्। 

सांसद दिलकुमारी थापा रावलले लकडाउनको अवधिमा ५८ जना सुत्केरी र गर्भवतिहरुको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराइन्। सुत्केरी र गर्भवति महिलाहरुको क्‍वारेन्टाइनमै मृत्यु भएको विषयमा सरकारले सत्यतथ्य सदनमा जानकारी गराउनुपर्ने माग गरिन्।

उनले जोखिममा रहेका महिला र किशोरीहरुका लागि छुट्टै निर्देशिका बनाएर सरकारले लागु गर्नुपर्ने बताइन्। स्वास्थ्य संस्थामा गर्भवति महिला र सुत्केरी महिलाहरुको सहज उपचार सेवा प्रदान गर्न उचित व्यवस्थापन गर्न पनि उनले आग्रह गरिन्। 

'अहिले घरेलु हिंसा, बलात्कारका घनाहरु बढिरहेको र यसको न्यूनीकरणका लागि सरकारले निर्देशिका बनाएर अगाडि बढ्न आग्रह गर्छु', उनले भनिनन्। 

सांसद विमला राई पौडेलले विगत वर्षहरुमा जनचेतना अभावका कारण गर्भवति र सुत्केरी महिलाहरुको ज्यान जाने गरेकोमा अहिले उपचार अभावमा मृत्यु हुने गरेको बताइन्। 

उपचार नपाएर क्‍वारेन्टाइनमा सुत्केरी महिलाहरुको मृत्यु भएको समाचारहरु आइरहेको प्रति उहाँले सरकारको ध्यानाकर्षण गराइन्। पर्याप्त पिसिआर परीक्षण अभाव, स्वास्थ्य उपकरण कमीका कारण गर्भवतिहरुको चेकजाँच नभएको तर्फ उनले सरकारलाई ध्यानाकर्षण गराइन्। 

लकडाउनमा स्वास्थ्य संस्था पुग्न नसक्नु र स्वास्थ्य संस्थामा पनि उपचार सेवा पाउन नसक्ने अवस्थाको अन्त्य गर्न उनले छुट्टै निर्देशिकाको आवश्यकता औल्याइन्। आत्महत्या र घरेलु हिंसाका घटनाहरु बढिरहेको अवस्थामा सरकारले यसतर्फ ध्यान दिनु जरुरी रहेको उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.