मंगलबार थपिए २१ जना नै भारतबाट आएका

|

सर्लाही : मंगलबार थपिएका २१ जनासहित जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्या १ सय ३१ पुगेको छ। प्रमुख जिल्ला अधिकारी मोहन जिसीका अनुसार जिल्लाको दक्षीणी क्षेत्रस्थित सदरमुकाम मलंगवादेखि पूर्व पर्ने ब्रम्हपुरी गाउँपालिकाका १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो। 

त्यस्तै जिल्लाकै दक्षिण पश्चिम क्षेत्र बलरा नगरपालिकाका ९ जनामा कोरोना भाइरस देखिएको छ। थपिएका २१ जना नै भारतबाट आएका र पालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसिरहेका छन्।

स्वाब संकलन गरी पठाइएका १ सय २९ जना तथा काठमाडौंमै आफैं परीक्षण गराउँदा देखिएका १ जना र सर्लाही घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक जना प्रहरी नायव निरीक्षकसमेत गरी जिल्लामा संक्रमितको संख्या १ सय ३१ पुगेको हो। जिल्लामा दुई कोरोना संक्रमित डिस्चार्ज भएका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.