ज्यान गुमाउने युवकको संख्या ६ पुग्यो

|

जाजरकोट : गत जेठ १० गते रुकुमको चौरजाहरी नगरपालिकास्थित सोतीका स्थानीयबासीको आक्रमणमा परेर बेपत्ता युवकको शव खोलामा फेला परेको छ।

सोतीका स्थानीयले आक्रमण गरेपछि बेपत्तामध्ये अन्तिम युवक भेरी नगरपालिका-११ का १९ वर्षिय गोविन्द शाहीको शव त्यही नगरपालिका-१२ स्थित भेरी नदीको क्षेत्रमा मंगलबार साँझ फेला परेको हो। 

उनको शव भेरी कपडाले टाउको बाँधेको, दाँत भाँचिएको र टाउको फुटेको अवस्था फेला परेको खोजतलासमा जुटेका  छवि पन्तले जानकारी दिए। यसभन्दाअघि ५ जना युवाको शव भेटिइसकेको छ। यससँगै सोतीबासीको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या पनि ६ पुगेको छ। 

रुकुमको चौरजहारी नगरपालिका-८, सोतीगाउँकी मल्ल थरकी युवतीसँग प्रेमविवाह गर्न गएका जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विकसहित युवाहरूमाथि स्थानीयले आक्रमण गरेका थिए। त्यसक्रममा बेपत्ता भएका सबै युवाहरुको शव नदीमा भेटिएको हो। 

यसअघि बेपत्तामध्ये जाजरकोटको छेडागाड नगरपालिका-१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा  भेरी नगरपालिका–४ का १९ वर्षीय सञ्जु विकको शव जेठ १५ मा फेला परेको थियो। 

त्यसअघि बुधबार भेरी नगरपालिका-११ का २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो। ६ जना मध्ये दुई जनाको शव घटनालगत्तै  फेला परेको थियो। सबैभन्दा पहिले भेरी नगरपालिका–४ का नवराज बिक र गणेश बुढा मगर तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिएको थियो। 

चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेकाशव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.