|

बुटवल : बलिउड अभिनेत्री मनिषा कोइराला मंगलबार नेपाल आएकी छन्। रुपन्देहीको बेलहिया नाका हुँदै कोइराला परिवारसहित नेपाल आएकी प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए। उनी आमा बुबासहित स्वदेश फर्किएकी हुन्। 

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको पूर्ण नक्साबारे उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय सञ्चारमाध्यमले उनलाई विवादमा तानेका थिए । उनले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको ट्विटमाथि नक्सा सार्वजनिक गरेकोमा धन्यवाद दिँदै प्रतिक्रिया जनाएकी थिइन्। उक्त घटनापछि नेपालीमाझ कोइराला लोकप्रिय भएकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.