|

दाङ : दाङको बंगलाचुली गाउँपालिका ५ मा वडाध्यक्ष सहित ५ जनामा मंगलबार कोरोना पुष्टि भएपछि उक्त वडालाई सिल गरिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा परीक्षण गर्दा ५४ वर्षीय वडाध्यक्ष, सुधा मावि झेल्नेटामा क्वारेन्टाइनमा बसेका १९, २७, ३१, ३२ पुरुषमा कोरोना देखिएको हो।  

५ जनामा कोरोना पुष्टि भएपछि उक्त क्षेत्र उच्च जोखिम रहेको अवस्थामा वडा नम्बर ५ लाई सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले जानकारी दिए। 

मंगलवार राति १२ बजेदेखि अर्काे सूचना नआउँदा सम्म सिल गरिएको समेत उनले जानकारी दिए। साथै यस अवधिमा तोकिएको क्षेत्रमा अतिआवश्यक काम बाहेका घर बाहिर ननिस्कन र आवत जावत नगर्नसमेत गाउँपालिकाले आग्रह गरेको छ। वडाध्यक्ष भारतबाट आएकाहरुको उद्धार र व्यवस्थापनमा खटिएका थिए।

त्यस्तै बंगलाचुलीकै वडा नम्बर ७ का २९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। गाउँपालिकाले पछिल्लो समय ७४ जनाको स्वाब संकलन गरेर परीक्षण गराएको थियो।  त्यसैगरी राप्ति गाउँपालिका वडा नम्बर ९ का ५५ वर्षीय र वडा नम्बर १ का १८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको व्यक्तिलाई दाङको कोरोना अस्पतालमा ठाउँ अभाव भएपछि नेपालगन्ज आइसोलेसनमा पठाइएको गाउँपालिकाले जनाएको छ।

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा दाङलगायत, बाँके, बर्दिया, पूर्वरुमुक, कपिलबस्तु, रुपन्देहीका गरी ५० जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.