|

भद्रपुर (झापा) : झापाका उद्योग व्यवसायीले लकडाउनका बेला बजार खोल्ने निर्णय गरेका छन्। 

मेचीनगर उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा मंगलबार जिल्लाका सबै उद्योग वाणिज्य संघहरूसँग गरेको बैठकले ६ बुँदे निर्णय गर्दै जेठ २४ देखि जिल्लाका सबै बजार खोल्ने निर्णय गरेका छन्। 

बैठकले लकडाउनका कारण हाल बन्द अवस्थामा रहेको सबै प्रकारका उद्योग कलकारखाना, बजार व्यवसायलाई प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खोल्ने व्यवस्था मिलाइदिन प्रशासनसँग अनुरोध गर्दै जेठ २३ सम्ममा जिल्ला प्रशासन कार्यालयले आवश्यक निर्णय नगरे जेठ २४ देखि स्वतः सबै व्यवसाय खुला गर्ने निर्णय गरेको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले बताए।

तर, अति संवेदनशील क्षेत्रहरू चलचित्र घर, पार्टी प्यालेस, जिम खाना, होटेल, रेस्टुरेन्ट भने बन्द नै राख्ने निर्णय गरेको छ। रेस्टुरेन्ट तथा खाजा घरको हकमा भने अधिकतम सुरक्षा सावधानी अपनाएर होम डेरीभरी तथा अर्डरअनुसारको सेवा सञ्चालन गर्ने, औषधि, डेरी, कृषि सामग्री मल बिउविजन, भेटनरी र बैंक तथा वित्तीय संस्थाहरू नियमित सञ्चालन गर्न पाउनुपर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.