|

दाङ : बंगलाचुली गाउँपालिकाका एक वडाध्यक्षलाई कोरोना भाइरस संक्रमण भएको छ।

मंगलबार कोरोना पुष्टि भएका दाङका आठजनामध्ये एक वडाध्यक्ष रहेको गाउँपालिकाका प्रेस संयोजक जीवन नेपालीले जानकारी दिए। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा वडा नम्बर ५ का अध्यक्षमा संक्रमण पुष्टि भएको हो।

५४ वर्षीय वडाध्यक्ष भारतबाट आएकाहरुको उद्धार र व्यवस्थापनमा खटिएका थिए। वडाध्यक्षमा संक्रमण पुष्टि भएपछि बंगलाचुलीका अन्य जनप्रतिनिधि र कर्मचारीको पिसिआर परीक्षण गर्ने तयारी भएको छ।

बंगलाचुलीको सुधा मावि झेल्नेटामा गरिएको स्वाब संकलनबाट वडा नम्बर ५ का १९, २७, ३१, ३२ र ५४ वर्षीय पुरुषमा कोरोना देखिएको हो। त्यस्तै, वडा नम्बर ७ का २९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.