|

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट पाकिस्तानमा मन्त्रीको निधन भएको छ। पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो। मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी (पीपीपी)को कराँची अध्यक्षसमेत थिए। उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए।

पीपीपीका अध्यक्ष बिलावल भुट्टो र सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अलीे मुर्तुजाको निधनप्रति शोक व्यक्त गरेका छन्। पाकिस्तानमा कोरोनाका कारण हालसम्म ७६ हजार ३ सय ९८ जनामा संक्रमण देखिएको छ भने एक हजार ६ सय २१ जनाको ज्यान गएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.