|

नवलपरासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले स्वाब संकलन गर्ने भाँडो अर्थात् भाइरस ट्रान्सपोर्ट मिडिया (भिटिएम) खरिद गरेको छ।

भिटिएम अभावमा क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन गर्न समस्या भएपछि गाउँपालिका आफैंले खरिद गरेको हो। क्वारेन्टाइनमा बस्नेको संख्यामा वृद्धि भएको र जोखिम समेत बढ्दै गएपछि गाउँपालिकाले भिटिएम खरिद प्रकृया अगाडि बढाएको थियो। 

गाउँपालिकाले ४०० थानभिटिएम खरिद गरेर क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन गर्न सुरु गरिसकेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। मंगलबार मात्रै ७८ जनाकोे स्वाब संकलन गरिएको र स्वाब गाउँपालिकाको गाडीबाट काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोे पाण्डेले जानकारी दिए। क्वारेन्टाइनमा बसेका अन्यको पाँच दिनपछि स्वाब संकलन गरिने र उनीहरुको रिपोर्ट नेगेटिभ आए घर पठाउने पाण्डेले बताए। 

सुस्ता गाउँपालिकामा यस अघि दुईजनामा कोरोना संक्रमण देखिएकोमा उनीहरु दुवैजनाले उपचारपछि डिस्चार्ज भइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.