|

कञ्चनपुर : पुनर्वास नगरपालिकामा कार्यरत ३६ वर्षीय स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। उनी भारतबाट आएर क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गर्ने र स्वास्थ्य उपचारमा संलग्न रहेका थिए।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार संक्रमित स्वास्थ्यकर्मी उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुगेका छन्। नगरपालिकाका पाँचजना कोरोना ंसंक्रमितलाई एम्बुलेन्सको अभावमा क्वारेन्टाइनमै राखिएको छ। उनीहरुलाई बुधवार महाकाली अस्पतालको आइसोलेसनमा भर्ना गरिने सिअहेब रामबहादुर धामीले बताए।

शुक्लाफाँटा नगरपालिकाका ११ महिने कोरोना संक्रमित बालकलाई समेत महाकाली अस्पतालको आइसोलेसनमा राखेर उपचार भैरहेको छ। महाकाली अस्पतालमा मंगलवारदेखि कोरोना संक्रमितहरुको उपचार सुरु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.