|

जुम्ला : हिमा गाउँपालिका–३ का स्थानीय युवाहरुले जोगीबाडा गाउँ प्रवेशमा रोक लगाएका छन्। गत आइतबार जुम्लाका १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जोखिम बढेको भन्दै उनीहरुले आफ्नो गाउँ प्रवेशमा रोक लगाएका हुन्।

युवाहरुले जोगीवाडा गाउँका सर्वसाधरणलाई अन्य गाउँमा जान नदिने र अन्य गाउँकालाई पनि प्रवेश निषेध गरेका छन्। गाउँघरमा लकडाउनको पूर्ण पालन नगर्ने र आवतजावत धेरै भइरहने भएकाले आफ्नो गाउँलाई संक्रमणबाट जोगाउने भन्दै उनीहरुले चारवटा नाका बन्द गरेका छन्।

दक्षिणको साँघु, उत्तरको  ताल्छे , पूर्वको  तलम र  पश्चिमको  बोएलढुङ्गाका नाका बन्द गरेको स्थानीय युवा सत्यानारायण योगीले बताए । ‘हामीले विपदबाट आफू र गाउँवासीलाई बचाउन  वडा सदस्यको  संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेका छौ,’ उनले भने, ‘प्रवेश गर्ने नाकामा मान्छे राखेका छौं। कोही प्रवेश गरेको खण्डमा त्यो व्यक्तिले १५ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्नेछ।  उसले  क्वारेन्टाइनमा बस्दाको खाना खर्च स्वयं व्यवस्थापन गर्नेछ।’

गाउँतिर कामको सिजन सुरु भएकाले पनि विभिन्न वहानामा  एक गाउँबाट अर्को गाउँमा आवतजावत गर्नेहरुको संख्या बढेको भन्दै यस्तो कार्य गरेको  त्यहाका स्थानीयको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.