३० जना नयाँ संक्रमित थपिए

|

कपिलवस्तु : कपिलवस्तुमा बुधवार ८ कोरोना संक्रमित निको भएका छन । यो सहीत जिल्लामा कोरोना विजयी हुने को संख्या ३२ पुगेको छ। 

कोरोना जित्नेमा ५ जना रक्षाकर्मी पनि रहेका छन्। नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक, हवलदार, सशस्त्र प्रहरी नायव निरीक्षक, सशस्त्र प्रहरी जवान र राष्ट्रिय अनुसन्धानका एक कर्मचारीले कोरोना जितेका हुन्। 

उनीहरु सबै कृष्णनगर नगरपालिकामा काममा खटिदा संक्रमित भएका थिए । यसै गरी बुद्धभूमि नगरपालिकाका १ जना र यशोधरा गाउँपालिकाका २ जनासमेत कोरोना विजयी भएर घर फर्किन लागेका छन्।

३० संक्रमित थपिए
यसैगरी जिल्लामा ३० जना कोरोना संक्रमित थप भएका छन्। मंगलवार राति शुद्धोधन गाउँपालिकाका २८ जना र आज बिहान बाणगंगा नगरपालिकाका २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। जिल्लामा कोरोना संक्रमितको संख्या ३९५ पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.