|

रुकुम : रुकुम पश्चिमस्थित मुसिकोट नगरपालिका–१४ मा को अस्थायी प्रहरी पोष्टका प्रहरीमाथि एकजना वडाअध्यक्षसहितले हातपात गरेका छन्। 

मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष दीपक केसीसहितका ब्यक्तिहरुले पोष्टमा गएर प्रहरीमाथि दुब्र्यवहार तथा कार्यालयमा तोडफोड गरेका हुन्। 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीका अनुसार केसीले साँझको समयमा पोष्टमा गएर प्रहरीमाथि हातपात समेत गरेका छन्। 

‘पोष्टमा गएर दुईजना प्रहरीमाथि हातपात गरेको खुलेको छ, कार्यालय बाहिर राखिएका केही कुर्सी तोडफोड भएको छ। सडकको इन्ट्री पोष्टमा राखिएका सामाग्रीसमेत ढालेको पाइएको छ’, प्रहरी प्रमुख केसीले भने, ‘वडाअध्यक्षसँगै रहेकाहरुले प्रहरी भवनमा ढुंगासमेत हानेका छन्। घटनापछि उनीहरु फरार छन्। पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।’ 

केही दिनअघि वडाअध्यक्ष केसीले मध्यपहाडी लोकमार्गको उक्त सडकमा लकडाउन उलंघन गरि वडा नम्बर १४ बाट वडा नम्बर १३ तर्फ आइरहेका बेला सवारीसाधन र युवालाई प्रहरीमा बुझाएका थिए । तर उनीहरुलाई प्रहरीले कारबाही गर्नुको साटो त्यसै छोडेको भन्दै केसी आक्रोशित भएर प्रहरीबिरुद्ध उत्रेका हुन् । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.