प्रदेशभर संक्रमितको संख्या २७८

|

दैलेख : कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। समाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रयोग शाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रयोग शाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यान कुमाख गाउँपालिका ३ का १९,२४ बार्षीया पुरुष,दैलेखको नौमुले गाउँपालिका ८ का २५ बर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परिक्षणमा दैलेखको नारायण नगरपालिका २ का २०,२४,२५,२५,३० जर्षीय पुरुष, दुल्लु नगरपालिका-२ का १७ वर्षीय पुरुष, कालिकोटको महाबै गाउँपालिका-२ का २२ वर्षीय पुरुष रहेका छन्।

त्यस्तै महाबै ४ का ४ महिनाका बालक ,२८ वर्षीय पुरुष, तिलागुफा नगरपालिका २ का २१ वर्षीय पुरुष, पलाताँ गाउँपालिका ७ का ४२ वर्षीय पुरुष, शुभकालिका गाउँपालिका ३ का २१ वर्षीय पुरुष, सान्‍नीत्रिवेणी गाउँपालिाका-२ का २० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको सख्या २७८ जना पुगेको छ। सुर्खेत र जुम्लामा कोरोना भाइरस समुदायमा पुगेको बताइएको छ। तर यसलाई सरकारी निकायले घोषणा गरिसकेका छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.