देशभर संक्रमितको संख्या २३०० पुग्यो

|

काठमाडौं : नेपालमा बुधबार २०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार देशभरमा २०१ जना संक्रमित थपिएको जानकारी दिएका छन्।

बुधबार थपिएकासँगै देशभर कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ। कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि अब नौ पुगेको छ।

मन्त्रालयका अनुसार कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षण धनकुटाको सहिदभूमिका एकजना  पुरुषमा संक्रमण देखिएको छ। बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको त्रिभुजको एकजनामा पुष्टि भएको छ। 

त्यसैगरी ताप्लेजुङका ३ जना पुरुषमा पनि संक्रमण देखिएको छ। झापाका झापाका १ जना, पाँचथरका एकजनामा पनि संक्रमण देखिएको छ। सुनसरीको भोक्राहाका ७ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु सबै क्वारेन्टाइनमा छन्। 

नारायणी अस्पताल पर्सामा गरिएको परीक्षणमा पर्साकै ७ जना संक्रमित भेटिएका छन्। सुर्खेतमा गरिएको परीक्षणमा ३ जना संक्रमित भेटिएका छन्। 

कोशी अस्पतालमा गरिएको परीक्षणमा ५ जना संक्रमित भेटिएका छन्। उनीहरुमा झापाको कमल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १ जना, तेह्रथुम आठराईका १ जना, सुनसरीको बराहक्षेत्रको क्वारेन्टाइनमा रहेका १ जनामा संक्रमण देखिएको छ। 

सेती अस्पताल धनगढीमा ५ जा पोजेटिभ भेटिएका छन्। जसमा कैलालीको गौरीगंगा र धनगढीका रहेका छन्। डोटीका पनि दुईजना पुरुषहरु संक्रमित रहेका छन्। उनीहरु २२ र २५ वर्षीय रहेका छन्। 

रुपन्देहीमा गरिएको परीक्षणमा ९५ जना संक्रमित भेटिएका छन्। कपिलवस्तुको मायादेवी र शुद्धोदनका ६७ जना रहेका छन्। जसमा ११ देखि ३७ वर्षीयसम्म रहेका छन्। 

उनीहरुमा १० जना महिला रहेका छन्। १ वर्षीय बालकदेखि ८० वर्षीयसम्मका छन्। रुपन्देहीमै पाल्पाका २ जना संक्रमित भेटिएका छन्। रुपन्देहीको रोहिणी र मर्चवारका २६ जनामा पनि संक्रमण भेटिएको छ।  

जनकपुरमा गरिएको परीक्षणमा ९ जनाको पाजेटिभ आएको छ। उनीहरु महोत्तरी मटियानीका रहेका छन्। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। जसमा दैलेखको दुल्लु र नारायणा नगरपालिकाका ६ रहेका छन्। त्यसैगरी कालिकोटका महाबैका ७ जना रहेका छन्। 

राप्तीमा प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङसहितका ८ जनामा पुष्टि भएको छ। दाङका २ जना, प्युठानका १ जना, सल्यानका १ जनामा संक्रमण देखिएको हो।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४२ जनमा संक्रमण देखिएको छ। धनुषाका १ जना, कपिलवस्तुका २, काठमाडौं मेडिकल कलेज र टोखाका ३ जना रहेका छन्। 

त्यसैगरी नवलपरासीको पहलीनन्दन र बर्दघाटका ८ जना रहेका छन्। रौतहटका ११ जनामा पनि पुष्टि भएको छ। रुपन्देहीको मायादेवीका १ जनामा पनि संक्रमण देखिएको छ।

सर्लाहीको रामविलाश प्रावि र जनता मावि हर्कटवका १५ जनामा संक्रमित भएका छन्। त्यसैगरी सिन्धुपाल्चेकको इन्द्रावतीका २३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.