|

काठमाडौंः नेपालमा कोरोना संक्रमणलाई जित्नेहरुको संख्या २७८ पुगेको छ। यीमध्ये २२२ जना पुरुष र ५६ जना महिला रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक देशभरका बिभिन्‍न अस्पतालबाट १२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएसंगै कोरोनालाई जित्नेको संख्या २ सय ७८ पुगेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनकपुर अस्पतालमा उपचाररत ५ जना, र बुटवलबाट ४ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए। बुटवलबाट डिस्चार्ज हुनेहरु भने अर्घाखाँची र कपिलवस्तुका हुन् । उनीहरु १८ देखि २४ वर्ष उमेरका पुरुषहरु रहेका छन् ।

यसैगरी टेकु अस्पतालबाट ६९ बर्षीया पुरुष, बलम्बु अस्पतालबाट रौतहटका ३४ वर्षीय पुरुष र टिचिङ हस्पिटलबाट कपिलबस्तुकी ६ वर्षीया बालिका पनि कोरोना मुक्त भएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.