काेराेना रिपाेर्ट पनि नेगेटिभ

|

बैतडी : क्‍वारेन्टाइनमा मृत्यु भएकी बैतडीकी महिलामा कोरोना भाइरस नभएकाे पुष्टि भएकाे छ। मृतक महिलासँगै क्‍वारेन्टाइनमा रहेका थप चार जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ।  

पुर्चौंडी नगरपालिका ४ स्थित मालिका मावि भटना क्‍वारेन्टाइनमा २२ वर्षीया सुनिता लुहारको म‌ंगलबार(हिजाे) मृत्यु भएको थियो। उनी सोही ठाउँकी हुन्। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार ती महिलाका श्रीमान र १८ महिने बच्चा तथा अन्य दुई जनाको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ। 

उनको सम्पर्कमा रहेका थप चार जनाको स्वाब संकलन गरेर मंगलबार नै पिसिआर परीक्षणका लागि धनगढी पठाइएको थियो।

मृतक लुहार जेठ १६ गते गौरिफन्टा त्रिनगर नाका हुँदै स्वदेश फर्किएकी थिइन्। उनी जेठ १८ गतेदेखि क्‍वारेन्टाइनमा बसिरहेकी थिइन्। उनका श्रीमान् र १८ महिने बच्चा पनि क्‍वारेन्टाइनमै थिए। उनी भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएकी थिइन्। पैसा नभएपछि १२ दिनदेखि उनले औषधिसमेत खान नपाएकी उनका श्रीमान हरिश लुहारले बताए। 

उनको शवलाई दाहसंस्कारका लागि आफन्तको जिम्मा लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.