१२ जना प्रहरीको नियन्त्रणमा

|

दैलेख : भैरवी गाउँपालिकामा क्‍वारेन्टाइनमा बस्नेले गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन्। केही दिनअघि भारतबाट आएर गाउँपालिका ४ को एक व्यक्तिको घरमा बनाइएको क्‍वारेन्टाइनमा बसेकाहरुले अधिकृत हीरासिंह थापामाथि बुधबार आक्रमण गरेका हुन्।

क्‍वारेन्टाइनमा बसेकाहरुको बुधबार आरडिटी गरिएको र   नेगेटिभ आएपछि घर पठाउन खोज्दा आक्रमण भएको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले बताए।घर पठाउने तयारी गरिरहेका बेला क्‍वारेन्टाइनमा बस्दा खानपिनको उचित व्यवस्था नभएको गाउँपालिकाको स्टोर हेर्न पाउनुपर्ने माग राख्दै करिब ४६ जनाको समूह आन्दोलनमा उत्रिएका थिए। 
 
आक्रमणबाट प्रशासकीय अधिकृत थापाको छाती, टाउको निधार र गालामा चोट लागेको अध्यक्ष बुढाले बताए। उक्त घटनामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको विषयमा छानबिन गरी दोषीलाई कारबाही गरिने दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.