|

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारले कोरोना संक्रमणबाट प्रभावित नेपाली कामदारका लागि राहत वितरण गरिरहेको जनाएको छ। 

उद्दार तथा राहत बितरण समितीले विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको उद्दार समितिका संयोजक तथा एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङले जानकारी दिएका छन्।

नेपाली दूतावास कतारको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाधान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली कामदारलाई वितरण कार्य जारी रहेको संयोजक गुरुङ्गले बताए। अहिलेसम्म १४ औं चरणको राहत वितरणका क्रममा पहिलो चरणमा रेडक्रसबाट प्राप्त सहयोग वितरण गरिएको थियो भने  दोश्रो र तेश्रो रेडक्रसमार्फत नेपाली दूतावास मार्फद राहत तथा उद्दार समितिले पाएको उनले बताए।

चौथो, पाँचौं र छैटौं चरणको राहत एनसिसी कतारको श्रमिक कोषबाट वितरण गरिएको थियो भने सातौदेखि चौधौंसम्मको राहत कतार च्यारिटीबाट प्राप्त गरिएको थियो। राहत वितरण अभियानमा झापाली समाज कतारबाट ३ सय किलो चामल, आउट अफ धरानेबाट ३ सय किलो चामल, स्याङ सोवा समाज कतारबाट ३ सय केजी चामल र १ सय केजी दाल, तमु समाज कतारबाट १ सय ५० किलो चामल प्राप्त भएको थियो।

यस्तै , एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानबाट १ सय ५० केजी चामल, एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङबाट १ सय ५० केजी चामल, एनआरएनए आइसिसी सदस्य रमेश भट्टबाट ४ सय ५० केजी चामल, एनसिीसदस्य मुक्तार आलमबाट १८ किलो चामल, दाल ५ केजी, सोयाबिन १० किलो नुन ५ किलो सहयोग प्राप्त भएको थियो।

अहिलेसम्म ३५ सय १४ जना नेपाली कामदारलाई खाद्यान्न स्वरूप राहत वितरण गरिसकिएको संयोजक गुरुङ्गले बताए। कोरोनाको कारणले कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बर र ईमेल मार्फद पनि सम्पर्क गर्न सकिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.