|

धनकुटा :  धनकुटाका संघीय सांसद राजेन्द्र राईले नेपाल पत्रकार महासंघ धनकुटाको पत्रकार कल्याणकारी कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन। 

उक्त सहयोग सांसद राईले पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईलाई एक महिनाको पारिश्रमिक बराबरको रकम हस्तान्तरण गरेका हुन। पत्रकार महासंघ धनकुटाले १० वर्षअघि स्थापना गरेको पत्रकार कल्याण कोषबाट आपत विपतमा परेका पत्रकारहरुलाई सहयोग गर्दे आएको छ। यस वर्ष भने लकडाउनका कारण समस्यामा परेका धनकुटाका २६ जना पत्रकारलाई पत्रकार महासंघ धनकुटाले सो कोषबाट आर्थिक सहयोग गरेको छ।

सहयोग हस्तान्तरण कार्यक्रम सांसद राईले धनकुटेली जनतालाई कुनै हालतमा भोकै मर्न नदिने बताउँदै फेरि पनि सहयोग गर्ने बताए। यस्तै सहयोग रकम लिएपछि पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईले विपदको बेला आएको सहयोगले अग्रपङ्तिमा रहेर काम गरिरहेका पत्रकारलाई काम गर्ने हौसला मिलेको बताए। महासंघलाई सहयोगपछि सांसद राईले स्वास्थ्य मन्त्रालयबाट धनकुटाका लागि आएको २४ लाख २० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए।

कोरोना नियन्त्रणका लागि धनकुटामा करिब ३ करोड खर्च 

धनकुटामा सरकारले जारी गरेको लकडाउन यता कोरोना नियन्त्रणका लागि करिब ३ करोड खर्च भएको छ।  कोरोना नियन्त्रणका लागि धनकुटामा हालसम्म २ करोड ९८ लाख १९ हजार ३ सय ८९ रुपैयाँ खर्च भएको हो। जसमा चौविसे गाउँपालिकामा ४३ लाख ५० हजार, साँगुरीगढी गाउँपालिकामा २५ लाख २६ हजार, सहिदभूमि गाउँपालिकामा ३३ लाख र छथरजोरपाटी गाउँपालिकामा ४९ लाख रहेको छ। 

यस्तै महालक्ष्मी नगरपालिकामा ४२ लाख, पाख्रिबास नगरपालिकामा ३३ लाख ५४ हजार र धनकुटा नगरपालिकामा ७१ लाख ८२ हजार ३ सय ८९ रुपयाँ खर्च भएको छ। सो रकमले स्थानीय तहले स्वास्थ्य सामाग्री खरिद, क्वारेन्टाइन निर्माण र राहत वितरणमा खर्च गरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.