|

संखुवासभा :  संखुवासभाको खाँदवारी नगरपालिका–८ मा खोलाले बगाएर एक बालिका मृत्यु भएको छ। सभाखोला तर्ने क्रममा खोलाले बगाएर खाँदबारी –८ की ८ वर्षीया कोरीना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। 

बुधबार दिउँसो १२ बजे कोरीना र उनका बाबु दिपक राईसहित दोभानटार तर्फ जाँर्दै सभाखोला तर्ने क्रममा अचानक दुबै जना खोलामा लडेर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए। 

सभाखोला तर्ने क्रममा लडेका घाइते भएका बालिका बाबु दिपक पौडिएर निस्कन सफल भएपनि बालिकालाई खोलाले बगाएको थियो। खोलाले बगाएकी कोरीनालाई एक किलोमिटर तल मृत अवस्थामा फेला पारेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.