|

विनोद पुरुष   

हिटलरका सञ्चारमन्त्री जोसेफ गोयबल्सको एउटा मान्यता थियो। उनी आममानिस  हल्लाको पछि लाग्ने प्रवृत्तिका हुन्छन् र कुनै पनि झुठलाई सयौंपटक दोहोर्‍याएर सत्य सावित गर्न सकिन्छ भन्ने कुरामा विश्वास राख्दथे। त्यसैले गोयबल्सले हिटलरको शासन टिकाउन झुठलाई सयौंचोटि दोहोर्‍याएर सत्य सावित गर्न खोजेका थिए।

सयपटक दोहोर्‍याएपछि असत्यलाई पनि सत्य बनाउन सकिन्छ भन्ने हिटलरकालीन ‘गोयबल्स शैली’को पछिल्लो संस्करण कोभिड १९ महामारीको रूपमा देखिएको महसुस हुँदैछ। विश्व स्वाथ्य संगठनले महामारी संज्ञा दिको यस कोभिड १९ को नियन्त्रणका लागि के साच्चै लकडाउन नै हो? यो भ्रम हो या आवश्यकता?

वास्तवमा कोरोना संक्रमितमध्ये तीन चौथाईभन्दा बढीमा  लक्षण नै देखा पर्दैन। अर्थात् कतिपयलाई संक्रमण भएर निको पनि भइसकेको हुन्छ। तर, मानिसले थाहा पाउँदैन। १५ प्रतिशतमा सामान्य लक्षण देखिने र केही दिनमै सहजै निको हुने अनि ३ देखि ५ प्रतिशतलाई मात्रै उपचारको प्रक्रियामा लैजानुपर्ने हुन्छ। यसको मृत्युदर अन्य रोगहरूको तुलनामा नगण्य मात्र ०.१ प्रतिशत मात्र छ भने कसरी कोरोनालाई कसरी प्राणघातक भन्न मिल्छ?

अन्य विभिन्न प्रकारका रोगबाट संसारभर दैनिक हजारौं मानिसहरू मरिरहेका छन् तर कोरोनालाई महामारी प्रमाणित गर्न हरेक दिन आंकडा अगाडि सारिन्छ। आजसम्म यति हजारलाख मान्छे कोरोनाबाट मरिसके भनेर हरक्षण प्रचार गरिन्छ। जबकि चीन, इटाली, अमेरिका, स्वीडेन, बेलायत, फ्रान्स, ब्राजिल, जर्मनीलगायत

कोरोनाबाट मृत्यु भएको भनिएका मानिसहरूको वास्तविक तथ्यलाई लुकाइएको छ। मर्नेमध्ये अधिकांश वृद्ध अवस्थाका र एक वा सोभन्दा बढी दीर्घ रोगीहरू थिए। जो विशुद्ध कोरोनाको कारण मात्र मरेका थिएनन्। हाम्रै देशमा पनि यो लेख तयार पार्दासम्म कोरोनाले मरेका भनिएका व्यक्तिहरूमध्ये कोही पनि कोरोनाको कारणले मात्र मरेका होइनन्।

कुनै पनि रोग महामारी हो कि होइन कसरी थाहा पाउने? यसको सोझो हिसाब हो यो एउटा भूगोलमा मात्र सीमित रहन्न र यसको संक्रमण दर निकै तीव्र हुन्छ।  केवल विश्वव्‍यपी रूप लिँदैमा कुनै रोग महामारी भन्न मिल्दैन। त्यसो हुँदो हो त संसारमा सबैभन्दा बढी मृत्युदर भएका मुटुसम्बन्धी रोग, क्यान्सरलाई महामारी मान्नुपर्ने हुन्छ। तर, त्यस्तो रोगलाई मात्र महामारी मानिन्छ जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै संक्रमण हुन्छ।

कुनै एउटा सरुवा रोगसँग कोरोनाको तुलना गरेर हेर्दा मात्रै पनि यो महामारी होइन भन्ने बुझ्न सकिन्छ एकजना  क्षयरोगीलेले  एकभन्दा बढीलाई  संक्रमित गर्न सक्छ भने कोरोनाको रोगीले जम्मा २ जनालाई मात्र  क्षयरोगलाई ठीक हुन कम्तीमा ६ महिना औधी उपचार गर्नु पर्दछ भने कोरोनाबाट संक्रमित ३–४ दिनमा बिना औषधी नै निको हुन्छ

मृत्युदरको तुलना गर्ने हो भने सन् २०१९ मा संसारभर करिब एक करोड मानिस क्षयरोगबाट प्रभावित भए। जसमध्ये १६ लाख मानिसले ज्यान गुमाए। जुन रोग क्षयरोग जत्तिको सरुवा छैन। खतरनाक पनि छैन भने त्यस्तो रोग कसरी महामारी हुनसक्छ?

पिआरसी टेष्टको आविष्कारक नोवल पुरस्कार विजेता केरी मुलस स्वयंले पिसिआर टेष्ट केवल अनुसन्धानको लागि हो, यसैको आधारमा डायोग्नसिस गर्नु हुन्न भनेका छन्।

आज विश्व स्वास्थ्य संगठन त्यही केरी मुलसले अनुसन्धानको लागि आविष्कार गरेको पिसिआर टेष्टको आधारमा कोभिड १९ का बिरामी घोषणा गरिरहेको छ। बिरामीको नजिक जान नदिने, बिरामीलाई घृणा गर्ने र हेयको नजरले हेर्ने  लगायतका  सामाजिक अन्याय गरिएको छ।

विश्व स्वास्थ्य संगठनले हर सेकेण्ड त्रास यसरी फैलायो कि मानिसहरू त्रसित महशुस गर्न थाले। मनोवैज्ञानिक त्रासले मानिसलाई यति कमजोर बनाइयो कि तनाव, त्रासदी र मृत्युबाहेक मानिसहरूले अरू देख्‍नै छोडेका छन्। उच्च  मनोबल, सामान्य सावधानी र स्वस्थ खानपानले निको हुने कोरोनालाई हाउगुजी बनाएर  WHO ले आफ्नो शाख र विश्वास गुमाउँदै गएको  छ। 

तान्जनिया, ताइवान, भियतनाम, कम्बोडिया, क्युबा, उत्तरकोरिया, भुटान, बेलारुस, रुवान्डालगायत २० भन्दा धेरै  देशहरूले लकडाउन नै गरेनन। तैपनि असाध्यै कम या शून्य मृत्युदर देखिएको छ। दक्षिण कोरिया, जापान, अस्ट्रेलिया आदिले लकडाउनभन्दा साधानीमा जोड दिएका छन्। विश्वभर थुप्रै डाक्टर, प्रोफेसर र वैज्ञानिकहरू लकडाउनको अनुचित भएको खुला बहस गरिरहेका छन्

कोरोनाबारे विश्व स्वास्थ्य संगठनले  फैलाएको भय गलत सावित भइसकेपछि अहिले युरोपमा पनि जनजीवन सामान्य उन्मुख छ। चीन सम्पूर्णरूपमा सामान्य अवस्थामा आइसकेको छ। करोडौंको मृत्युको त्राससहित लकडाउन गरेको इन्डिया पनि हवाई यातायात, बजार र रेलहरू सञ्‍चालन गर्ने ठाउँमा आइसकेको छ। यो अवस्थामा लकडाउनको निरन्तरता जरुरी नै देखिन्न। तर, जनता आफैंमा जागरूकता अनुशासन र सरकारको साथ सहयोग र प्रोत्साहन भने निरन्तर आवश्यक हुन्छ।

विश्व स्वास्थ्य संगठन आफैँले कोरोनाको अन्त्य अनिश्चित  मान्दै २ देखि ५ वर्षसम्म यसको प्रभाव रहन सक्छ भन्दै आएको  छ। त्यसको मतलव २ देखि ५ वर्ष लकडाउन गर्न सम्भव हुने कुरै भएन।

लकडाउनका कारण जनजीवन असाध्यै कष्टकर भएको छ। गरिबी, भोक र अभावले संसार आक्रान्त हुँदै गएको छ। मजदुरको रोजगारी गुमेको छ, साना तथा मझौला उद्यमीको आर्थिक दायित्व यसरी बढेको छ। लकडाउनपछि सबै कुरा यथावत रहे पनि आउने वर्षसम्म चुक्ता गर्न गाह्रो छ। 

सरकारलाई समेत आफ्नो खर्चको जोहो गर्न निकै गाह्रो छ। त्यसकारण लकडाउनको तुरुन्तै अन्त्य गर्नुको विकल्प नै छैन।

हातको सरसफाइ र सामाजिक दूरीको पालना गर्नाले कोरोना मात्र नभएर अन्य सरुवा रोगबाट समेत बच्न सकिन्छ। यस्तो बानीले भविष्यमा हाम्रो स्वास्थ्यलगायत थुप्रै धनराशिसमेत बचत गर्ने निश्चित छ। अब बेला भएको छ ह्यान्डशेक कल्चरबाट नमस्कारको संस्कृतिमा फर्कने। पूर्वीय संस्कार अनुसारको जीवनयापन गर्दै सबैले सामाजिक दूरीलाई राम्रोसँग पालना गरेर आआफ्नो काममा जतिसक्दो छिटो फर्कनुको विकल्प छैन।  

  • लेखक बिजनेस एन्ड म्यानेजमेन्ट कन्सल्टेन्ट हुन्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.