|

रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत जेठ १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनामा जोडिएका थप ७ जना स्थानीय पक्राउ परेका छन्। 

घटनाको थप अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । 

तर मृतकको परिवारबाट किटानी जाहेरी परेका २ जना अझै फरार छन्। मृतक परिवारले २० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जसमा १८ जना यसअघि नै पक्राउ परिसकेका छन् । 

उनीहरुलाई आजै थप १० दिनको म्याद थप गरिएको छ । अनुसन्धानका लागि ११ दिनको म्याद थप माग गरिएको थियो। तर जिल्ला अदालत रुकुम पश्चिमबाट १० दिनको म्याद थप गरिएको श्रेस्तेदार कृतबहादुर बोहोराले जानकारी दिए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.