|

पर्सा : नेपाल विद्यार्थी संघ पर्साले नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका वीरगन्जमा पुत्ला दहन गरेको छ।कोरोना महामारीमा आम उद्योगी व्यवसायीलाई घरभित्र थुनेर कर तिर्न उर्दी जारी गरेको भन्दै नेविसंघ पर्साले वीरगन्जमा विरोध गरेको हो। 

लकडाउनमा देशभरका उद्योगी व्यवसायीसमेत घरमा थुनिएको समयमा कर माग्न नसुहाउने भन्दै उनीहरुले वीरगन्ज बजारमा नारा जुलस गर्दै प्रहरीकै अगाडि कोण सभासमेत गरे। 

नेविसंघका जिल्ला नेता विकास तिवारीको नेतृत्वमा सुरुमा घण्टाघरमा दुवै मन्त्रीका पुत्ला दहनपछि उनीहरु मुख्य सडकबाट नारा जुलुस लगाउँदै आदर्शनगर चोकमा पुगेर कोण सभा गरेका थिए। आदर्शनगर पुगेपछि प्रहरीले अगाडि बढ्न अवरोध गरेपछि उनीहरुले त्यहीँ कोणसभा गरेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.